logo

२०८३ साउन १४ बिहिबार

लुम्बिनीमा माओवादीले छाड्यो सरकार

लुम्बिनीमा माओवादीले छाड्यो सरकार


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 1.1K
    SHARES

    बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरिएको हो ।

    आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन् । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी सरकारमा सहभागी भएका थिए ।

    माओवादीले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने बताएको छ । माओवादीले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend