logo

२०८३ साउन १३ बुधबार

शान्तिपूर्ण आन्दोलन गर्दा ज्यान जानु दुःखदः सांसद राई

शान्तिपूर्ण आन्दोलन गर्दा ज्यान जानु दुःखदः सांसद राई


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश एकको नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा राईले आन्दोलनरत लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएको उल्लेख गर्दै त्यस्ता खालको अमानवीय ज्यादति रोक्न सरकारसँग माग गरेका हुन् ।

    गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरुमाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उनले आईन्दा यस्ता खालका घटना नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘यो दुुःखद र गम्भीर घटना हो। शान्तिपूर्ण ढङ्गले जनताले आफ्नो अधिकार माग्नु, पहिचान माग्नु नैसर्गिक अधिकार हो। हामीले संघीयता स्थापना गरेका छौँ। गणतन्त्र स्थापना गरेका छौँ,’ राईले भने, ‘तर यही गणतन्त्र भित्र पहिचान माग्ने आन्दोलनकारीहरुको ज्यान लिने प्रक्रिया अत्यन्त दुखद र निन्दनीय छ। यो परिस्थिति रोक्न सरकारलाई आग्रह गर्छु।’

    संघीय लिम्बुवान मञ्चका नेता लिम्बुको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भीर चोट लागेको थियो । उनले चैत्र १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend