logo

२०८३ साउन १५ शुक्रबार

आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीको इच्छा शक्तिले मात्र हुँदैन, सबै दल एकजुट हुनुपर्छः शेखर कोइराला

आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीको इच्छा शक्तिले मात्र हुँदैन, सबै दल एकजुट हुनुपर्छः शेखर कोइराला


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कोइरालाले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

    कोइरालाले प्रधानमन्त्रीलाई मुलुकको अर्थतन्त्रमा देखिएको संकट हटाउनका लागि सबै मन्त्रीहरुलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिए । उनले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरुसँग मुलुकको आर्थिक संकटबारे गम्भिर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने बताए ।

    उनले  भने,’विगतमा कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो भन्ने मलाई लाग्छ । सबै राजनीतिक दल र सरकारलाई मेरो विनम्र अनुरोध छ कि देशको सवल अर्थतन्त्रका लागि समय समयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलहरुले बुझाएका प्रतिवेदनहरुलाई आधार मानेर अनुत्पादक फजुल खर्चहरु कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अगाडि बढौं । नागरिक विश्वास र संसदको समर्थनबाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ । यसका लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्रै प्रदर्शन गरेर पुग्दैन ।’

    कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले सोही अनुसार विज्ञहरुको परामर्श लिएर अघि बढ्न पनि सरकारलाई आग्रह गरे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend