logo

२०८३ साउन १४ बिहिबार

मोटरसाइकलको ठक्करबाट काठमाडौंमा पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट काठमाडौंमा पैदलयात्रीको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका(१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन् । मोटरसाइकलको ठक्करबाट  घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

    पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ ।

     

    जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको  बा ४५ प ५४४१ नम्बरको मोटरसाइकल  पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend