logo

२०८३ साउन १३ बुधबार

नेपाल प्रहरीका चार डीआईजीको एआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार डीआईजीको एआइजीमा बढुवा सिफारिस


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवाको लागि सिफारिस गरेको छ ।

    सोमबार बसेको बढुवा समितिको बैठकले चार जनालाई रिक्त एआइजीमा बढुवाको लागि सिफारिस गरेको हो । बढुवाका डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी मिरा चौधरी र टेकबहादुर तामाङलाई सिफारिस गरिएको छ ।

    शुक्रवार प्रहरी महानिरीक्षकसहित चार जना एआइजी अवकाश भएपछि रिक्त रहेको पदपूर्तिको लागि बढुवा गरिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend