logo

२०८३ साउन १४ बिहिबार

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरुको बैठक बोलाइएको छ ।

    आज अपरान्ह चार बजे गठबन्धनका दलहरुको बैठक बोलाइएको हो । सरकार विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका थिए । तीन नेताको छलफलपछि आज गठबन्धन दलको बैठक बोलाइएको हो ।

    चैत ६ मा संसदमा दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो । आज बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend