logo

२०८३ साउन १५ शुक्रबार

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारद्वारा वार्ता टोली गठन

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारद्वारा वार्ता टोली गठन


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

    टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

    महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरुलाई महानगरपालिकाले रोक लगाएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend