logo

२०८३ साउन १५ शुक्रबार

कांग्रेसको किसान महासंघको तदर्थ समितिमा १७ जना मनोनित

कांग्रेसको किसान महासंघको तदर्थ समितिमा १७ जना मनोनित


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरेका छन् ।

    गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका ईश्वर गिरी, कैलालीका डा. जितु उपाध्याय, सर्लाहीका भवानी कोइराला, पर्साका विश्वराज घिमिरे, महोत्तरीका डा. धिरेन्द्र साह र झापाका कालु मेचे रहेका छन् ।

    त्यस्तै गोरखाका जनार्दन अर्याल, सप्तरीका विवेकानन्द झा, बाँकेका ऋचा लुईटेल, डडेल्धुराका रमेश रावल, काठमाडौंका मनोज थापा र काठमाडौंका विश्वनाथ दाहाल पनि किसान महासंघमा मनोनित भएका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend