logo

२०८३ साउन १४ बिहिबार

सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । मन्त्रालय बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।

    प्रधानमन्त्रीले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएपनि मन्त्रालयमा सहमति नजुट्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् । आज सहमति जुटाएर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend