logo

२०८३ साउन १४ बिहिबार

मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने सरकारको निर्णय


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यसका लागि मुलुकी फौजदारी अपराधसंहिता संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    मिटरब्याजबाट पीडितहरु महोत्तरीको बर्दिबासबाट हिँडेर काठमाडौं आई आन्दोलन सुरुगरेपछि सरकारले कानुन संशोधन गर्ने निर्णय गरेको हो । ृनीहरुसँग वार्ता गर्न सरकारले टोली नै बनाएको छ ।

    गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गासहितको वार्ता टोली गठन गरिएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend