काठमाडौं । बागमती प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अन्तर्गत मदन भण्डारी सडक खण्डको शान्तिनगर क्षेत्र अत्यन्त जोखिमपूर्ण स्थानको रुपमा रहेको विषयमा सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
लामिछानेले उक्त स्थानमा सयौंको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको र सडक वारपार गर्ने क्रममा धेरै पैदलयात्री मारमा परेको अवगत कार्यालय प्रमुखलाई गराएका छन् । स्थानीय व्यक्ति, नागरिक समाज र स्थानीय संघ संस्थाले प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुलको आवश्यकता औंल्याएको लामिछाने बताउँछन् ।
उक्त स्थानमा आकाशेपुलको आवश्यकतालाई कसैले पनि नकार्न नसक्ने भन्दै लामिछानेले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा थप मानवीय क्षति रोक्न, पैदलयात्रीहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यथाशीघ्र योजना अघि बढाउन सम्बन्धित् सबै पक्षको ध्यानाकर्षण गराइएको छ ।
काठमाडौं जिल्ला क्षेत्र नम्बर १ प्रदेश २ बाट निर्वाचित लामिछानेले जनजीविकासँगै विकास निर्माणका विषयमा सम्बन्धित् निकायको बारम्बर ध्यानाकर्षण गराउँदै आएका छन् ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend