logo

२०८३ साउन १३ बुधबार

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, बुधबार फेरि बस्ने

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, बुधबार फेरि बस्ने


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 2K
    SHARES

    काठमाडौं । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन बसेको सत्तारुढ १० दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मंगलबार अपारान्हदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको हो । सरकारलाई पूर्णता दिन सहमति गर्न बसेको बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बैठक निष्कर्षविहीन भएको हो ।

    नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने जानकारी दिए । उनले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताए । उनले सरकार चाँडै विस्तार हुनेगरी छलफल भएको र मन्त्रालयमा विवाद नरहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend