काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संसदको गरिमा घटाउने काम गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पन्तले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग गरेका हुन् ।
सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने उल्लेख गरेकोमा अहिले हटाइएको भन्दै उनले विषयगत मन्त्री संसदमा आएर विधेयक पेस गर्नेभन्दा महत्वपूर्ण अर्काे के काम हुन्छ भन्दै प्रश्न गरे ।
संसदले काम गर्न नसकेको भनेर सञ्चारमाध्यममा समाचार आइरहेको भन्दै उनले संसदको गरिमा घटाउने कार्यमा सरकार लागेको भए पनि सबै दलहरु आरोपित हुनुपरेको बताए । सरकारका नाममा संसदको गरिमा घटाउने कार्य बन्द गर्न रुलिङ जारी गर्न उनले सभामुख देवराज घिमिरेसँग माग गरे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend