logo

२०८३ साउन १४ बिहिबार

सरकारलाई लिङ्देनको प्रश्नः नागरिकलाई राजावादी हुने छुट नभएको हो ?

सरकारलाई लिङ्देनको प्रश्नः नागरिकलाई राजावादी हुने छुट नभएको हो ?


हाम्रो राष्ट्र
  • बुधबार, १५ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई अधिकार छैन भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा उनले मंगलबार आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको भन्दै घोर भर्त्सना गरे ।

    मंगलबार मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन जानेक्रममा प्रमुख सचेतक शाहीमाथि दुर्व्यहार भएको भन्दै उनले यसप्रति घोर भर्त्सना गर्दै नागरिकलाई राजावादी हुने छुट नभएको हो भन्दै प्रश्न गरे ।

    उनले भने,‘सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यहार गर्ने प्रयास गरियो त्यसको म भर्त्सना गर्दछु । म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ?’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend