logo

२०८३ साउन १५ शुक्रबार

सांसदहरुलाई मिटरब्याजीको संरक्षण नगर्न सांसद झाको चेतावनी

सांसदहरुलाई मिटरब्याजीको संरक्षण नगर्न सांसद झाको चेतावनी


हाम्रो राष्ट्र
  • बुधबार, १५ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मिटरब्याजी साहुकारको संरक्षण नगर्न चेतावनी दिएका छन् ।

    बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले महोत्तरीबाट हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न माग गरे ।

    उनले भने,‘मिटरब्याजी साहुकारको संरक्षणमा कुनै पनि राजनीति दल वा राज्यसंयन्त्रमा रहेका कोही पनि नलाग्न चेतावनी दिँदै आग्रह गर्दछु कि मिटरब्याजकै कारण कोही पनि रुखमा झुण्डिनुपर्ने अवस्था सरकारले पर्खेर बसेको हो ? होइन भने उनीहरुको माग सम्बोधन गर्नुपर्यो ।’

    बैठकमा बोलेका अधिकांश सांसदले मिटरब्याज पीडितको माग सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न माग गरेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend