काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेयक संसदमा पेश गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले नेपाली नागरिक बुबा आमाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको भन्दै विधेयक ल्याउन सरकारसँग माग गरेका हुन् ।
उनले भने, ‘नेपाली नागरिक बाबुआमाबाट जन्मेका कयौँ सन्ताले नागरिकता पाएका छैनन् । तपाईं, म, प्रधानान्त्री, अहिलेको राष्ट्रपति, पहिलेको राष्ट्रपतिसँग नागरिकता छ । तर नागरिक हुँदाहुँदै पनि नागरिकता नपाउँदाको पीडा पासपोर्ट लिन, बैंकमा खाता खोल्न, लोकसेवाको परीक्षा दिन, बाहिर जान पाएको छैन ।सरकारलाई नागरिकतासम्बन्धी कानुन टेबल गर्न ध्यानकर्षण गराउदछु ।’
उनले अहिले भएका विमतीहरुलाई थाती राखेर दलहरुका बीचमा जेजे कुरामा सहमति छ, ती विषयलाई समेटेर अबिलम्व पारित गर्ने गरी यही संसदको अधिवेशनमा नाागरिकता सम्बन्धी विधेयक पेस गरिनुपर्ने बताए । उनले नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend