काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ।
प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम मागेपछि आज आकस्मिक रुपमा बसेको पार्टीको सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवतः आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाइएको छ ।
भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend