logo

२०८३ साउन १४ बिहिबार

अनलाइनमार्फत ठगी गरेको आरोपमा ९ चिनियाँसहित १९ जना पक्राउ

अनलाइनमार्फत ठगी गरेको आरोपमा ९ चिनियाँसहित १९ जना पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, १५ चैत्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुधबार सार्वजनिक गरेको हो । उनीहरुलाई काठमाडौंका बूढानीलकण्ठ र चन्डोललगायत स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग सुरुमा सम्पर्क गर्ने र टेलिग्राममा ‘अपरेसन टिचर’ नामको च्यानलमार्फत कक्षा सञ्चालन गर्दै आएका थिए ।प्रहरीका अनुुसार उनीहरुले अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगीका छन् ।

    त्यसक्रममा ठगी गरेको उजुरी आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend