logo

२०८३ साउन १४ बिहिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    यही चैत ६ गते विश्वासको मत पुनः लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend