logo

२०८३ असोज ७ बुधबार

आज सकिएन भने भोलि बिहान मन्त्रिपरिषद विस्तार होलाः प्रधानमन्त्री

आज सकिएन भने भोलि बिहान मन्त्रिपरिषद विस्तार होलाः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 2.4K
    SHARES

    भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने लक्ष्य रहेको बताएका छन् ।

    बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गरी शपथग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।

    उनले भने, ‘आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि बिहान होला । काम त हाम्रो सकिएकै छ। एक दुई वटा मिलाउन बाँकी भएपनि धेरै विषय मिलेको छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend