logo

२०८३ साउन १४ बिहिबार

बलात्कार आरोपमा पाल्पामा दुईजना पक्राउ

बलात्कार आरोपमा पाल्पामा दुईजना पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.5K
    SHARES

    पाल्पा । पाल्पामा  ६१ वर्षीया महिलालाई करणी गरेको आरोपमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका(६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

    उनीहरूले ती महिललाई गत मंगलबार करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend