काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तीनजना ५० हजार घुस सहित पक्राउ परेका छन्।
घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र सोही गाउँपालिका ७ का वडा अध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले गाउँपालिकाको कार्यालयबाट बिहीबार दिउँसो उनीहरुलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend