logo

२०८३ साउन १४ बिहिबार

करिव आठ किलो कोकिनसहित काठमाडौंबाट दुई भारतीय महिला पक्राउ

करिव आठ किलो कोकिनसहित काठमाडौंबाट दुई भारतीय महिला पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्की एक भारतीय महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेका छन् । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।

    फागुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेक गर्ने क्रममा लगेजभित्र चारवटा लेडिज फल्सबटम बनाई लागू औषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend