logo

२०८३ साउन १३ बुधबार

निर्वाचन खर्च नबुझाउने स्थानीय तहका उम्मेदवारको जरिवाना मिनाहा

निर्वाचन खर्च नबुझाउने स्थानीय तहका उम्मेदवारको जरिवाना मिनाहा


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा भएको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जरिवाना मिनाहा गरेकी हुन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जरिवाना मिनाहा गरिएको जानकारी गराएको छ ।

    स्थानीय तहका उम्मेदवारले तोकेको समयमा खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले झण्डै एकलाख भन्दा बढी लाख उम्मेदवारलाई जरिवाना तोकेको थियो ।

    आयोगको निर्णयविरुद्ध काठमाडौं महानगरका मेयर बालेन्द्र साह सर्वोच्च अदालतसमेत गएका थिए।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend