धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता डा.भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाएका छन् ।
शुक्रबार प्रेस चौतारीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टीको खिलाफमा उभिएर अनुशासन उल्लंघन गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘उहाँ पार्टीका निर्णयको खिलाफमा उभिनुभएको छ । पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ ।’
उपाध्यक्ष पौडेलले रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend