logo

२०८३ साउन १३ बुधबार

नवनियुक्त गृहमन्त्रीका दुई निर्णयः सुराकी नाममा खर्च गर्ने प्रणाली खारेज गर्ने र मिटरब्याजीका समस्या समाधान गर्न आयोग गठन

नवनियुक्त गृहमन्त्रीका दुई निर्णयः सुराकी नाममा खर्च गर्ने प्रणाली खारेज गर्ने र मिटरब्याजीका समस्या समाधान गर्न आयोग गठन


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 2K
    SHARES

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै पछि दुईवटा मुख्य निर्णय गरेका छन् ।

    प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च गर्ने प्रणालीलाई खारेज गर्ने निर्णय गरेको भन्दै उनले उक्त निर्णय आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तावको लागि लगिने बताए ।

    त्यस्तै, मिटरब्याजको समस्या समाधान गर्नको लागि कानुन केही संशोधन गर्ने गरी विधेयक पारित भइरहेकाले एउटा सर्वाधिक आयोग गठन गरेर काम कारबाही अगाडि बढाउने उनले बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारमा मन्त्री श्रेष्ठको जिम्मेवारी हेरफेर भएपछि आजबाट गृहको जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend