logo

२०८३ साउन १४ बिहिबार

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.2K
    SHARES

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।

    सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ (२) बमोजिम शुक्रबार कर्णाली प्रदेशसभामा विश्वासको मत मागेका थिए ।

    प्रस्तावको पक्षमा ३८ सांसदले मतदान गरेका थिए भने हुन्न भन्ने पक्षमा एक जना सांसदले मतदान गरेका थिए । कर्णाली प्रदेशसभा ४० सदस्यीय छ ।

    मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । प्रदेशसभामा एमालेकी नन्दा गुरुङ्ग सभामुख छिन् भने राप्रापाकी सन्तोषी शाहीले विपक्षमा मतदान गरिन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend