logo

२०८३ साउन १४ बिहिबार

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति


हाम्रो राष्ट्र
  • शनिबार, १८ चैत्र २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । सरकारी वार्ता टोली र मिटरब्याजविरुद्धको संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । शनिबार सरकार र समितिबीच पाँच बुँदे सहमति भएको हो ।

    सहमतिसँगै समितिले संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सहमतिअनुसार सरकारले मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सहजीकरण गर्ने, समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्नेलगायतका विषयमा सहमति भएको छ ।

    महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आएका उनीहरुले काठमाडौंमा आन्दोलन सुरु गरेका थिए । उनीहरुले शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले उच्चस्तरीय आयोग गठन गरी यसको दीर्घकालीन समाधान गर्ने बताएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend