logo

२०८३ असोज ७ बुधबार

शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन हुन्छः प्रधानमन्त्री

शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन हुन्छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् ।

    आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा उनीहरुले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा विद्रोही पक्ष र राज्यपक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको भन्दै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend