logo

२०८३ साउन १३ बुधबार

बारा-२ मा जसपालाई सघाउने कांग्रेसको निर्णय

बारा-२ मा जसपालाई सघाउने कांग्रेसको निर्णय


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

    आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा क्षेत्र नम्बर २ मा जसपालाई सघाउने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन् । बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी छ ।

    यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

    बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वडीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend