logo

२०८३ असोज ७ बुधबार

बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता


हाम्रो राष्ट्र
  • सोमबार, २० चैत्र २०७९
  • 1.5K
    SHARES

    बारा । प्रतिनिधिसभा सदस्य चयनका लागि बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

    गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका यादबले अहिले बारा–२ मा उम्मेदवारी दिएका हुन् । बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend