logo

२०८३ साउन १३ बुधबार

विदेशमा पनि मुद्दा हाले हुन्छ, डराउनेवाला छैनः रवि लामिछाने

विदेशमा पनि मुद्दा हाले हुन्छ, डराउनेवाला छैनः रवि लामिछाने


हाम्रो राष्ट्र
  • मंगलबार, २१ चैत्र २०७९
  • 1.2K
    SHARES

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

    मंगलबार चितवनको भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूलाई जति मुद्दा हाले पनि फरक नपर्ने बताएका हुन् ।

    आफूले कुनै अपराध नगरेको भन्दै उनले आफ्नो अवस्थाबारे कुनै नलुकाई इमानदारीपूर्वक बताएको उल्लेख गरे । उनले पाँच वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर नरोकिने जिकिर गरे ।

    उनले भने, ‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ । म यस्ता मुद्दाबाट डराउनेवाला छैन।’ उनले आफूले मैले अपराध गरेको भए पीडित देखाइदिन आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend