काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार सात जनाविरुद्ध ५० लाख रुपैयाँ बिगोसहितको मुद्दा दायर गरेको हो ।
आयोगले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्र बहादुर थापा, पञ्चपुरी नगरपालिका नगरकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, पञ्चपुरी नगरपालिका नगर कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटा, पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा, पञ्चपुरी नगरपालिकाका लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम भनिने लालबहादुर घर्ती मगर र नमुना समाजका अध्यक्ष भूमिसरा पुलामीविरुद्ध मुद्दा दायर गरेको हो ।
पालिका प्रमुख उपेन्द्रबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीले नमुना समाज सुर्खेतसँग सम्झौता गरी लाखौं रकम हिनामिना भुक्तानी दिएको देखिएको आयोगको दाबी छ ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend