logo

२०८३ साउन १४ बिहिबार

सिक्किममा हिमपहिरोमा परी तीन नेपालीको मृत्यु

सिक्किममा हिमपहिरोमा परी तीन नेपालीको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । सिक्किममा हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परी चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

    नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन् । त्यस्तै हिमपहिरोमा परी चार भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend