logo

२०८३ साउन १४ बिहिबार

सन्दीपविरुद्धको मुद्दाको पेसी न्यायाधीश घिमिरेको इजलासमा

सन्दीपविरुद्धको मुद्दाको पेसी न्यायाधीश घिमिरेको इजलासमा


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर बलात्कार मुद्दाको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।

    काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एक इजलासमा सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि १३ चैतमा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।

    यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend