logo

२०८३ साउन १५ शुक्रबार

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शीतलनिवास फर्किएका छन् । उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए ।

    अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा बुधबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ भएको उल्लेख छ ।

    राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएका जनाइएको छ । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend