logo

२०८३ साउन १४ बिहिबार

कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य रहने

कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य रहने


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलीय प्रतिनिधित्वको संख्या टुंगिएको छ । बुधबार बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

    बैठकले कार्यव्यवस्थामा सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित २१ जना सहभागी हुने गरी संख्या टुंग्याएको हो । जसअनुसार कांग्रेसबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति र एक सिट भएका र स्वतन्त्रसमेत गरी एक एक जना कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुनेछन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend