logo

२०८३ असोज ७ बुधबार

प्रधानमन्त्री र मन्त्रीले केही समय सार्वजनिक कार्यक्रममा नदेखिई काम गर्नुपर्छः महामन्त्री थापा

प्रधानमन्त्री र मन्त्रीले केही समय सार्वजनिक कार्यक्रममा नदेखिई काम गर्नुपर्छः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई तीन महिनाजति अनुहार पनि नदेखाइ काम गर्न सुझाव दिएका छन् ।

    बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री, अर्थमन्त्रीलगायतले केही समय सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा नदेखिई काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नराम्रोका लागि भनेको होइन ।प्रधानमन्त्री र मन्त्रीले अहिले फोटो पनि खिच्नुपर्दैन । उहाँहरुले ‘वार टाइम मेन्टालिटी’ अनुसार काम गर्नुपर्छ ।’

    सरकारसँग जनताका अपेक्षा धेरै भएकाले युद्धको बेला जहाँ जे देखिन्छ त्यही खाइन्छ भनेजस्तै सरकारले पनि त्यसैगरी काम गर्नुपर्ने बताए । महामन्त्री थापाले मुलुक आर्थिक रुपले अप्ठेरो अवस्थामा भएकोले राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूले पनि सचिवालय खर्चलगायत कटौती गर्नुपर्ने बताए ।

    नेपालको आर्थिक स्थिति बिग्रनुमा सबै जिम्मेवार रहेको भन्दै उनले सबै मिलेर समाधान खोज्नुपर्ने बताए । उनले देशको अर्थतन्त्र विषयमा एमालेसँग पनि छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले भने, ‘कांग्रेस, माओवादी समाजवादी गठबन्धनमा रहेका दलमात्रै होइन । यहाँ प्रमुख प्रतिपक्षी दलसँग पनि अप्ठ्यारो बेलामा यसरी जाऔं भनेर छलफल गरौं । स्थानीय सरकार त एमालेको पनि छ नि ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend