logo

२०८३ साउन १३ बुधबार

सर्वोच्चले माग्यो रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण

सर्वोच्चले माग्यो रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

    बुधबार न्यायायाधीश हरि फुयालको इजलासले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयबारे महान्यायाधिवक्ताको कार्यालयसँग जवाफ माग गर्ने आदेश गरेको हो । लामिछानेले नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    महान्यायाधिवक्ता कार्यालयले चैत ६ गते लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो । बहसमा रिट निवेदककातर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता रमण कर्ण, अधिवक्ता राधिका खतिवडालगायतले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु नपर्ने निर्णय बदर गर्न माग गरेका थिए । मुद्दाको टुंगो नलाग्दासम्म लामिछानेलाई कुनै पनि राजनीतिक अधिकार प्रयोग गर्न नदिन समेत अन्तरिम आदेश माग गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend