logo

२०८३ साउन १३ बुधबार

मोरङमा एक सय १६ नक्कली परीक्षार्थी पक्राउ

मोरङमा एक सय १६ नक्कली परीक्षार्थी पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.2K
    SHARES

    विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई बिहीबार अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend