बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको खाँचो रहेको बताएका छन् । बिहीबार जसपा अध्यक्ष एवं बारा क्षेत्र नम्बर २ का उम्मेदबार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको खाँचो अपरिहार्य रहेको बताएका हुन् ।
उनले भने,’सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराऔं ।’
अध्यक्ष नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend