logo

२०८३ साउन १४ बिहिबार

संसदको कार्यव्यवस्था परामर्श समितिमा सदस्य चयन

संसदको कार्यव्यवस्था परामर्श समितिमा सदस्य चयन


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समिति सदस्य चयन गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले समिति सदस्यको नाम अनुमोदन गरेको छ ।

    बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो ।

    जसअनुसार बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको सदस्यहरुको नामलाई अनुमोदन गरिएको हो । समितिमा अजय कुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend