logo

२०८३ असोज ७ बुधबार

अहिलेको सत्ता गठबन्धन अस्थायी होः अध्यक्ष ओली

अहिलेको सत्ता गठबन्धन अस्थायी होः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग लगाउन सक्ने आरोप लगाएका छन् ।

    बिहीबार पार्टीनिकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन खोजेको र अहिले सभामुखलाई पनि महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका हुन् ।

    उनले गठबन्धनलाई लाजसरम केही नभएको बताए । उनले भने, ‘यसअघिको राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेका थिए तर पार लागेन । अहिलेको सभामुखलाई कुन दिन यिनीहरूले महाभियोग ल्याउन बेर लगाउँदैनन् । यिनीहरूसँग त बहुमत पनि छ ।’

    उनले सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको पनि बताए । अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन अस्थायी भएको बताए । उनले यस्ता गठबन्धन अस्थायी हुने भन्दै यो गठबन्धनलाई देश बिगार्न नदिइने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend