मन्थली । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ को कौछिनी (मगर गाँउ नजिक)बलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । स्थानीय वलवहादुर तामाङ ले दिनुभएको जानकारी अनुसार ३ वटा शव पाखामा देखिएका छन् भने र एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ स्थानीयवासी र प्रहरीले घाइतेहरुको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाएका छन् ।
मन्थलीबाट कौछिनी तर्फ जाँदै गरेको वा ११ च ५५३ नम्बरको बलेरो सडकबाट करिव एकसय मिटर तल झरेको थियो । यसबारे विस्तृत विवरण भने आउन वाँकी रहेको जिल्ला प्रहरी प्रमुख होम बहादुर पराजुलीले बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend