logo

२०८३ साउन १५ शुक्रबार

कोशी नामाकरणको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

कोशी नामाकरणको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    त्यस्तै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend