काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शून्य समयमा मौनधारण गरेका छन् ।सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर गरेर बिताएका हुन् ।
उनले भने, ‘सम्माननीय सभामुख महोदय, यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ।’
प्रतिनिधिसभा नियमावलीअनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ। सोही समयमा बोल्न उभिएका सांसद ढकालले ‘सम्माननीय सभामुख महोदय‘,’ भनेर मौन बसेका हुन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend