logo

२०८३ साउन १३ बुधबार

राष्ट्रलाई घाटा हुने गरी दूरसञ्चार ऐन बन्दैनः संचारमन्त्री शर्मा

राष्ट्रलाई घाटा हुने गरी दूरसञ्चार ऐन बन्दैनः संचारमन्त्री शर्मा


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 910
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेललाई छुट दिनेगरी सरकारले दूरसञ्चार ऐन नल्याउने बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संचारमन्त्री शर्माले राष्ट्रलाई घाटा हुनेगरी ऐन बन्न नसक्ने बताएकी हुन् ।

    उनले संसदका सबै सदस्यहरूको राय सुझावसहित मात्र ऐन बन्ने भन्दै हल्लाको पछाडि नलाग्न सांसदहरूलाई आग्रह गरिन् । उनले भनिन्, ‘कुनै सेवा प्रदायक कम्पनी खारेज हुन खोज्दैछन् तर, सरकार जोगाउन खोज्दैछ भन्ने कुरा बाहिर चर्चा परिचर्चा भएका छन् । नियम कानुन बाहिर गएर कुनै काम गर्दैनौं । राष्ट्रलाई घाटा हुने गरी ऐन बन्दैन ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend