logo

२०८३ साउन १३ बुधबार

नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एकजना पक्राउ

नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एकजना पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० घर भइ पोखराको बाटुलेचौर बस्दै आएका २१ वर्षीय सागर ढकाल छन्।

    उनलाई प्रहरीको साइबर ब्यूरोले बिहीबार पक्राउ गरेको हो । नेपाली सेनाका साइबर स्पेसमा हमला भएको भन्दै सेनाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend