logo

२०८३ साउन १४ बिहिबार

महोत्तरीमा सवारी दुर्घटनामा एकजनाको मृत्यु

महोत्तरीमा सवारी दुर्घटनामा एकजनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1.1K
    SHARES

    महोत्तरी । मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबासस्थित पुर्व–पश्चिम लोकमार्गमा भएको दुर्घटनामा गौशाला नगरपालिका वस्ने ३० वर्षीय मनिष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विपरित दिशावाट आएको प्र.२ ०४–००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३–००१ ज ०२९७ नम्बरको विङगर गाडी आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । ठक्कर दिने गाडी चालक सर्लाही हरिवनका निरज लामालाई थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend