logo

२०८३ साउन १४ बिहिबार

बाटो मिचेर प्रहरीले बनाएका संरचना हटाउन मेयर साहको चेतावनी

बाटो मिचेर प्रहरीले बनाएका संरचना हटाउन मेयर साहको चेतावनी


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाल प्रहरीलाई बाटो मिचेर निर्माण गरिएका प्रहरी बिट हटाउन चेतावनी दिएका छन् ।

    शनिबार सामाजिक संजालमार्फत मेयर साहले प्रहरी बिट नहटाए आफूहरु हटाउन बाध्य हुने चेतावनी दिएका हुन् । उनले कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न तयार हुनुपर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘फुटपाथ सँधै मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’ यसअघि शनिबार बिहान मेयर साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend